शेयर बजारमा गिरावट कायमै

काठमाडौं । सोमबार पनि शेयर बजारमा वियरिष ट्रेन्ड कायमै रह्यो । यसदिन पनि बजार परिसूचक नेप्से ३ अंक बढीले ओरालो लागेर ९ सय ३९ मा आइपुग्यो ।
कारोबार भएकामध्ये बढी समूह रातो रहेसँगै नेप्से झरेको हो । होटल, उत्पादनमूलक र व्यापार समूहबाहेक अरु समूह ओरालो लागेका हुन् । बीमा समूह सबैभन्दा उच्च ४१ अंकले झर्‍यो । जलविद्युत र अन्य समूहमा पनि दोहोरो अंकको कमी आयो । होटल समूहमा भने ५१ अंकको उच्च बृद्धि भयो ।

यसदिन पनि कारोबार परिमाण औसत दिनका तुलनामा न्यून नै रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २४ कम्पनीको २ लाख ७७ हजार कित्ता शेयर ११ करोड ५६ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । -इमेजखबरमा समाचार छ ।