दिल्ली संवाददाता ।
आज भन्दा छ महिना अघि घटना युपि ग्रेटर नोएडा नजिकै गाउ एरिया छिमेकीको घरमा झगडा शुरू भएको तर आपसी झगडामा रिवल्भर निकालेर गोलि चलाउदा 22 बर्षीय नेपाली युवा आशिष सोनाम लाई गोलि लागि उनको घटना स्थलमै मृत्यु भएको थियो ।
काम गर्ने ठाउको मालिक र गोली चलाउने ब्याक्तिले क्षति पुर्ति दिने भन्ने दिलासा मात्र दिएका भएपनि पछि गोलि चलाउने ब्यक्ति जमानतमा रिहा भएर फर्के पनि घटनाको वारे आलटाल गरेको बुझे पछि उनीहरू केहि हुन सक्छ की भनी दिल्लीमा नेपाली संघ संस्थाका विभिन्न कार्यक्रमहरूमा मृतक बाईस बर्षे आशिष सुनामका पिडित दिदी भिनाजु धाउन थाले। कुनै त्यस्तै कार्यक्रममा प्रवासी नेपाली संघ भारतका केन्द्रिय कार्यालय सचिव गोपाल थापालाई घटनाको जानकारी गराए। नेपाल आवाजका पत्रकार गाडीमा बसेर घर फर्कि सकेका थिए। एक्कासी गोपाल थापाको फोन आएपछि गाडी चलाउदै गर्नुहुने नेजसका केन्द्रिय सदस्य प्रमोद खरेललाई पत्रकारले अनुरोध सहित गाडी घुमाउन लगाए।
गाडी घुमाएर पत्रकार कार्यक्रम स्थल गान्धि शान्ति प्रतिष्ठान फर्कन वाध्य भए। हतार हतारमा थापाले घटनाको सबै विवरण बताए पछि हिन्दी पत्रिकामा छ महिना पूर्व छापिएको समाचारको र गोली लागेर ढलेका सोनाम को फोटो खिचेर पत्रकार आफ्नो गन्तब्य स्थान तिर लागे। पिडीतहरूलाई लिएर थापा नेपाली राजदुतावास तिर लागे। अर्कोदिन ठिक दश बजे पिडीतको दिदिले पत्रकारलाई फोन गरीन सर तपाई नेपाली दुतावास भर्खरै आईदिनु पर्यो, भनेर। यहाँ निवेदन मागेको छ। निवेदन लेख्न का लागी तत्कालिन समयमा गुडगाँव सोहना रोडमा भएका पत्रकार तुरून्तै दुतावास आउने अवस्था थिएन।
तर पत्रकारले नेपाली दुतावासमा सेक्युरिटिमा रहेका कुनै एकजना जो हुनुहुन्छ उहाँ सँग कुरा गराउनुस भने पछि तत्काल ड्युटिमा रहेका कृष्ण पन्थ जी संग कुरा भयो। पत्रकारले पन्थजीलाई भने यो केसको विवरण अनुसार एउटा निवेदन लेख्न सघाउनु होला। निवेदन लेखेर सम्बन्धित निकायमा पुर्याएपछि प्रक्रिया अगाडी बढ्यो। वकिल गर्नुपर्ने दुतावासको सल्लाह रहेको थियो। तथापी गोपाल थापा मुद्दालाई अगाडी बढ्ाउदै गए। उनले अखिल भारत नेपाली एकता मंचका तत्कालिन केन्द्रिय सदस्य आर.बि. खड्का संग परामर्श गरी मुद्दा अगाडी बढाएका थिए। एकदिन नेआ का पत्रकार, गोपाल र आर. बि. नेहरू प्लेसको पार्क बाट सबै कागज पत्र एकसाथ गरी सम्पुर्ण जिम्मा खड्कालाई लगाएर फर्किएको समाचार पनि प्राप्त भएको थियो।
खडकाले गर्न सक्ने र नोएडा स्थानिय रूपमा रहेका श्री साई कृपाका संस्थापक बरिष्ठ पदाधिकारीहरू जय प्रकाश खनाल, सुरेन्द्र पाण्डे, राजु परियार, सन्दिप भाट, बिष्णु के. सी., बिनोद रायमाझि, बिष्णु पौडेल, पिताम्बर खत्री र गोपाल पाण्डे तथा अभाने एकता मंच का प्रतिनिधी नारायण बि.क. मार्फत सम्बन्धित थाना तथा केसमा सहभागी पुलिस प्रशासनलाई आवस्यक दवाब श्रृजना गर्दै केस पुन अगाडी बढाउने कार्य भयो। गोलि चलाउने अभियुक्त फेरी जेल चलान भएका छन। पिडीतले काम गर्ने ठाउबाट मासिक छ हजारका दरले 2 बर्षको हिसाब पाएका छन् |
मुद्दा अदालतमा चलि रहने छ र फैसला भएपछि पिडितले सरकारको तर्फबाट पुन राम्रै रकम पाउनेछन। यसको दौरान एकदिन बिचमा अभाने एकता मंचका आर.बि. खड्का र दिल्ली राज्य समितिका प्रतिनिधी सि.बि. थापा घटनाको विवरण लिन नोएडा पुगेको समाचार पनि विशेष सुत्र मार्फत जानकारी प्राप्त भएको छ।