सिन्धुपाल्चोकको जलवीरेबाट ८ किलो सुनसहित २ जनालाई पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जलवीरेबाट प्रहरीले ८ किलो सुनसहित बुधबार २ जनालाई नियन्त्रणमा लिएको छ ।
वराम्ची गाविसको ढाडेमा काठमाडौं आउँदै गरेको यात्रुबहाक बस जाँच गर्दा बसमा सवार दुईजनाबाट सुन बरामद भएको ईलाका प्रहरी कार्यालय जलवीरेले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक गुम्बा गाविस-८ का लाक्पा शेर्पा र पासाङ शेर्पा रहेका छन् । इमेजखबरमा समाचार छ ।