दोलखाको दक्षिणी भुषाफेदामा ८ महिनाको गर्भकी एक गर्भवती महिला बिभत्स हत्या

दोलखा – जिल्लाको दक्षिणी भुषाफेदा गाउँकी एक गर्भवती महिला बिभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छिन्। ८ महिनाको गर्भ बोकेकी उनको सुनियोजित हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
भुषाफेदा गाविस ६, पोर्सापकी १८ वर्षीया लालुमाया तमाङलाई मंगलबार दिउँसो गोठ नजिकैको जंगलमा मृत अवस्थामा फेला पारेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरीका अनुसार सोमबार साँझ घरभन्दा झण्डै डेढ घण्टाको दूरीमा पर्ने जंगल क्षेत्रमा रहेको गोठमा बास बस्न गएकी लालुमाया मंगलबार दिउँसो जंगल छेउको गुराँसको रुख मुनी फालिएको अवस्थामा भेटिएकी थिईन्। उनको हत्या भएको भन्दै माइती पक्षले अनुसन्धान गरी कडा कार्बाहीको माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन तमाङले लालुमायाँलाई टाउकोमा चोट लागेको र घटनास्थल नजिकै रगतसहित कोदालो र ढुङगाहरु भेटिएको बताए। ‘कोदालो र ढुङ्गा प्रहार गरेर हत्या गरी १ सय ५० मिटर घिसारेर फालिएको देखिन्छ’ तमाङले भने।
गाउँलेका अनुसार लालुमायाँलाई स्थानीय साजन भनिने चतुरमानसिंह तमाङले प्रेम गरी एक वर्षअघि गत बर्षको माघ महिनामा भगाएर बिवाह गरेका थिए। घरमा आएदेखी नै उनको सासु

अन्य समाचारहरु