दोलखा । दोलखाको पश्चिमी भुषाफेदा गाविसमा घर झगडाका कारण सासू-ससुराले गर्भवती बुहारीको हत्या गरेको खुलेको छ ।
भुषाफेदा-६ का चतुरमान तामाङकी १७ वर्षीया गर्भवती श्रीमती लालुमाया तामाङको हत्या उनकै सासू-ससुरासहित ३ जना मिलेर गरेको दोलखा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार दोलखामा पत्रकार सम्मेलन गरी प्रहरीले दिएको जानकारीअनुसार पोलिग्राफी प्रविधिको प्रयोगबाट अनुसन्धान गर्दा सासू फूलमाया तामाङ, ससुरा असलमान तामाङ र छिमेकी बोले भनिने मनिष वाइवाले हत्या स्वीकारेका हुन् ।
प्रेम विवाह गरेकी मृतक तमाङको शव केही दिनअघि फेला परेको थियो । इमेजखबरमा समाचार छ ।