चैत्र २८ गते २०७१ पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा पर्वत जिल्लाको हुवास गाविसमा २०७१।१२।२८ गते आयोजना गरिएको एकिकृत घुम्ती शिवीर हातेमालोचोक हुवासमा घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतद्वारा संचालित उद्योग ब्यवसाय दर्ता शिवीरका प्रथम सेवाग्राही सापकोटा किराना तथा फेन्सी स्र्टोस नामको बाणिज्य ब्यवसाय दर्ता गर्नु हुने भोर्ले-२ निवासी बुद्धिप्रसाद सापकोटा र इश्वर किराना पसल नामको ब्यवसाय दर्ता गर्नुहुने भँगरा निवासी गणेश वहादुर जि.सी.लाई स्थानिय विकास अधिकारी भीमवहादुर कुँवर र प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठ ज्यू समेतको समुपस्थितीमा प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारी ज्यूले बाणिज्य ब्यवसाय दर्ता प्रमाण पत्र प्रदान गरि एकिकृत घुम्ती शिवीरको शुभारम्भ गराउनु भयो ।
प्रमाण पत्र प्रदान पश्चात सो अवसरमा प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले जिल्लाको सदरमुकाममा रहेका कार्यालयहरुबाट प्रदान गरिने सेवालाई भौगोलिक वनावटको हिसावले सदरमुकामबाट सुदुर दक्षीणमा रहेको यस गाविसमा स्वीकृत बार्षिक कार्यक्रम र वजेट ब्यवस्था नभएतापनि जनताको दुखलाइ मध्यनजर गरि घरदैलोमा सेवा प्रदान गर्ने उदेश्यबाट एकिकृत घुम्ती शिविरको आयोजना गरिएको हो , यस शिवीरबाट दुर्गम दक्षीण क्षेत्रका जनताले एकैथलोबाट नागरिकता , घरेलु उद्योग बाणिज्य ब्यवसाय दर्ता , मानव स्वास्थ्य परिक्षण , पशु स्वास्थ्य परिक्षण , फोटो सहितको नामावली , कृषी परामर्श , अपाङगता परिचय पत्र जस्ता विभिन्न १२ विषयका कार्यालयको सेवा प्राप्त गरि नागरिकहरु प्रत्यक्षरुपमा लाभान्वीत हुने छन् भन्नु भयो ।
सोही अवसरमा घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतका प्रमुख उद्योग अधिकृत शिवशंकर बानियाँले उपस्थित सवैलाइ स्वागत गर्दै उद्योग ब्यवसाय दर्ता प्रकृयाको जानकारी नभएका र दर्ता नगरी संचालन भएका र्दुगम तथा ग्रामीण क्षेत्रका उद्योेग तथा ब्यापार ब्यवसायलाइ कानुनको दायरामा ल्याइ घरदैलोमा सेवा प्रदान गर्न आयोजित एकिकृत घुम्ती शिवीरमा घरेलुृ तथा साना उद्योग विकास समिति सहभागि भएको र यस किसिमको शिवीर आवश्यकता अनुसार अन्य वजार क्षेत्रमा पनि संचालन गरिने कुरा जानकारी गराउनु भयो । घुम्ती शिवीरमा घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतद्वारा ५ वटा उद्योग र १२ वटा बाणिज्य ब्यवसाय दर्ता गरि कुल राजश्व रकम रु ५६,८७०। ( अक्षरुपीया छपन्नहजार आठसय सत्तरी ) राजश्व प्राप्त भएको थियो । शिवीरबाट हुवास , सरौखोला , टकलाक , होश्राङ्दी, भोर्ले ,भँगरा ,त्रिवेणी गाविसका ब्यवसायीले विभिन्न उद्योग ब्यवसाय दर्ता गरेका थिए । घुम्तिी शिविर संचालनको क्रममा घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतबाट भोर्ले गाविसमा संचालित पूर्विय प्रविधिमा आधारित ३ महिने ढाका कपडा वुनाई तालिम र वेउलीवासमा संचालित ४५ दिने झोला तथा नागालेण्ड सल वुनाई तालिमको पनि अनुगमन तथा निरिक्षण गरिएको थियो । वेउलीवासमा विगतमा घरेलु समितिबाट ढाका वुनाई तालिम प्राप्त गरि कार्यालयको सहयोगमा ढाका कपडा उद्योग संचालन गर्नु हुने उद्यमी हरीकला विकलाई घरेलु विकास समितिको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत ६० प्रतिशत छुट सहुलियतमा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत तुलसीराम शर्माले एक कार्यक्रम विच सिलाई मेशीन हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा घरेलु समिति पर्वतका प्रमुख उद्योग अधिकृत शिवशंकर बानियाँले तालिम पश्चात उद्योग संचालन गर्ने उद्यमीलाई उद्योग प्रर्वद्धनको लागि प्रदान गरिने सेवाको वारेमा जानकारी गराउनु भएको थियो । शिवीर संचालनमा प्रमुख उद्योग अधिकृत शिवशंकर बानियाँ ,लेखा अधिकृत टेकनाथ पराजुली र कार्यालय सहयोगी कृष्ण गौतमको सहभागिता रहेको थियो ।