यूएईमा हत्याअभियोग लागेर समस्यामा परेका थमबहादुर नेपाल फर्किए

उमाकान्त पाण्डे /यूएई , बैशाख २ – संयुक्त अरब एमिरेट्स युएईको आबुधाबीमा हत्या आरोप लागेका एक नेपाली स्वदेश फर्किएका छन । स्याङ्जा पुतलीबजार २ अरौतीका थम बहादुर कुंवर पाकिस्तानी नागरिकको हत्या आरोप लागेपछि यूएईको अदालतमा मुद्दा लडिरहनु भएको थियो । 
 
कुंवरलाई यूएईको तल्लो अदालतले हत्या आरोपमा दुई लाख यूएई धिराम्स अर्थात ५६ लाख नेपाली रुपैया जरिवाना सगै ‘ट्राभल ब्याण्ड'(एक देशबाट अर्को देश यात्रा गर्न नपाईने ) फैसला सुनाएको थियो । सोही सजाय बिरुद्द उपल्लो अदालतमा अपिल गरेका कुवर कम्पनीको सहयोगमा आफु बिरुद्द लागेको मुद्दाको रकम तिरेर यसै साता स्वदेश फर्किनु भएको हो । 
‘अदालतले के कस्तो फैसला गर्यौ बाहिर केही आउन सकेन , रकम तिरेपछि सक्दो छिट्टो नेपाल जान भनेर कम्पनीले भनेपछि यूएईमा रहेका कसैलाई पनि नबताइ कुवर नेपाल फर्किनु भएको हो । घरमा पुगेपछि मात्र सम्पर्कमा आउनु भएका उहाले यूएईमा आफुलाई सहयोग गर्ने सबैमा धन्यवाद दिनु भएको छ,’एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसालले भन्नुभयो । कम्पनीमा साझेदारी गरिरहेका कम्पनी मालिकहरु मिलेर सहयोग गरेको हुन सक्ने भुसालको भनाइ छ । 
यस् बारे दुतावासलाई अधिकारिक सूचना छैन । 
६ बर्ष पहिले ब्लु स्काइ म्यानपावर मार्फत आबुधाबीको अल रुविसमा रहेको एस.के.इसी. इन्जिनियरिङ कम्पनीमा ‘फ्लाग म्यान’को रुपमा काम गर्न आउनुभएका उहालाई हत्या अभियोग लागेपछि यूएईमा रहेका संघसस्था मिलेर कम्पनी सँग समन्वयब गरेर मुद्दा लडिरहेका थिए ।
कम्पनीको कामगर्दागर्दै प्राबिधिक गढबढीका कारण भएको दुर्घटनामा परी पाकिस्तानी नागरिकको ज्यान गएपछि कुवरलाई हत्या आरोप लगाइएको थियो । सगैं कामगर्ने पाकिस्तानी नागरिकको हत्या आरोप लागेका कुवरले कार्यस्थलमा भएको दुर्घटनामा आफ्नो पक्षबाट बोलिदिने कोही नभएकोले आफु हत्या आरोपमा फसेको दुखेसो कुंवरको थियो ।
सन २०१२ को डिसेम्बरको ३० मा काम गर्दैगर्दा कन्क्रिट बनाउने मेसिन चलाऊदा भएको दुर्घटनामा पाकिस्तानी नागरिकको ज्यान गएको थियो । 
‘म साइडमा उभिएर ‘फ्लाग’ झण्डा देखाउदै ईशारा गर्ने गर्थे , कन्क्रिट मेशिनको प्रयोग गर्दै गरेको पाकिस्तानी सहकर्मीले आफु चुरोट खान जाने भन्दै लिभर अर्थात बटम दबाउन आदेश दियो ,मैले सोही निर्देशनको पालना गरे, अचानक क्रेनको माथिल्लो भागले लागेर पाकिस्तानीको मृत्‍यु भयो,”मलाई हत्या आरोप लगाएर फसाइएको हो,’ कुवरले भन्नुभयो । 
कुवरको घरमा ६५ बर्षिय आमा , एक श्रीमती र ८ बर्षिय छोरी छिन ।