बुटवल । भृकुटी डेभलपमेन्ट बैंकले २०७१ चैत्र मसान्तमा गत वर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशतले संचालन आम्दानी वृद्धि गरी रु १७ करोड ३७ लाख आम्दानी गरेको छ ।
गत वर्षको सोहि अवधिमा बैंकको आम्दानी ११ करोड ७२ लाख रहेको थियो । चुक्ता पुजी ५२ करोड १२ लाख रहेको यस बैंकले यस अवधिमा ५ अर्व ३५ करोड निक्षेप संकलन गरी ४ अर्व ५७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको चैत्र मसान्तमा पूंजी कोष १३.६१ प्रतिशत, खराब कर्जाको अशं ०.३३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७५.४२ प्रतिशत रहेको छ ।
दश जिल्ला कार्यक्षेत्र रहेको यस बैंकको रुपन्देही ,कपिलबस्तु ,नवलपरासी ,पाल्पा , गुल्मी ,अर्घाखांची र स्याग्ंजा जिल्लामा गरी १६ वटा शाखा र ३ वटा एक्सटेन्सन काउन्टर संचालनमा रहेका छन भने यस बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंकं ,पाथिभरा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाईनान्स समेत एन एम बि बैंकसंग मर्जरको लागी ःइग् गरी मर्जरको प्रकृया अघि बढिरहेको प्रकाशित प्रेष विज्ञप्तिमा जनाईएको छ ।