दैलेख – घर छाउने ढुङ्गा निकालिरहेका दुई जनाको पगनाथमा ढुङ्गासँगै चिप्लिएर मृत्यु भएको छ। चिप्लिएर च्यापिएपछि उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा पगनाथ-६ का ३८ वर्षीय प्रेमबहादुर थापा, पगनाथ-४ का ६० वर्षिय विरसिंह कामी छन्। पगनाथ गाविसको राँधी जंगलमा ढुङ्गा निकालिरहेका उनीहरु भिरालो पाखामा ढुङ्गासँगै अन्दाजी ३ सय मिटर तल खस्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको दैलेख प्रहरी जनाएको छ।
घटनास्थल दैलेख जाजरकोट सिमा नजिक पर्छ। घटनास्थलमा बेस्तडा चौकीबाट प्रहरी गएका छन्। घटना बिहीबार मध्यान्नतिर भएको हो। नागरिक दैनिकमा समाचार छ ।