दुई छात्रामाथि एसिड आक्रमण गर्ने जीवन विक पुर्पक्षका लागि थुनामा

काठमाडौं  । जिल्ला अदालत काठमाडौंले राजधानीमा दुई छात्रामाथि एसिड आक्रमण गर्ने जीवन विकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
कर्तव्य ज्यान मुद्दाको सुनुवाइका क्रममा अदालतले शुक्रबार अन्तिम फैसला नुहुन्जेलसम्म जीवनलाई थुनामा राख्न आदेश दिएको हो ।
ट्युसन पढ्न गएका दुई छात्रामाथि एसिड प्रहार गरेर फरार भएका विकलाई गत चैत्र ५ गते प्रहरीले पक्राउ गरी २९ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । इमेजखबरमा समाचार छ ।  

अन्य समाचारहरु