ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि काठमाडौंको चावहिल गौशाला सडक क्षेत्रमा तनाव

काठमाडौं  । ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि काठमाडौंको चावहिल गौशाला सडक क्षेत्रमा तनाव भएको छ । 
चावहिलको गोपीकृष्ण हल नजिकै ट्रकको ठक्करबाट पशुपति बहुमुखी क्याम्पसमा पढ्ने छात्राको ज्यान गएको छ ।
आज बिहान पौने १० बजे बा १ ख ९११२ नम्बरको ट्रकले पैदक हिडिरहेकी २१ वर्षकी छात्रा बालकुमारी दाहाललाई ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
सडक छेउमा हिँडिरहेका विद्यार्थीलाई ट्रकले ठक्कर दिएपछि त्यहाँ तनाव भएको छ । विद्यार्थी र स्थानीयबासिन्दाले गौशाला, चाबहिल क्षेत्रमा चक्काजाम गरेपछि यातायात प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु