उचार-चढावबीच शेयर सकारात्मक

काठमाडौं । पछिल्ला दिन ऋणात्मक रहँदै आएको शेयर बजार मंगलबार नगन्य अंकले हरियो रहेर थामियो ।
उचार-चढावबीच बजार परिसूचक नेप्से मात्र हरियो रहेर थामिँदा ९ सय ४५ दशमलव एक दुई कायम भयो । होटल, विकास बैंक र वाणिज्य बैंक समूह हरियो रहेसँगै अरु समूह ऋणात्मक रहँदा पनि नेप्से सकारात्मक रहन गएको हो ।
बीमा,उत्पादमूलक, वित्त र जलविद्युत् समूह भने ओरालो लागे । बीमा समूहमा ४१ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २५ कम्पनीको ४ लाख १९ हजार कित्ता शेयर २१ करोड ७६ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।