राजधानीमा जबर्जस्ती चोरी-डकैती गर्दै आएका तीनजना पक्राउ

काठमाडौं । ‘अखिल नेपाल क्रान्तिकारी ब्ल्याक कमान्डो’को नाममा चन्दा असुल्ने तथा हतियार देखाइ जबर्जस्ती चोरी-डकैती गर्दै आएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ललितपुर सातदोबाटोले विहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार पक्राउपर्नेमा मकानपुरका झिल्केबहादुर मोक्तान, विनोदकुमार लामा र जिलाप सिंह ब्लोन रहेका छन् ।
उनीहरुबाट दुई थान पेस्तोल र पाँच राउन्ड गोलीसमेत बरामद भएको पनि प्रहरीले जनाएको छ ।
ललितपुरको ढोलाहीटीस्थित केवलकृष्ण श्रेष्ठको घरमा हतियार देखाइ उनीहरुले सुन तथा चाँदीका गहना र नगद चोरी गरेको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै, इलेक्ट्रोनिक सामानहरु, घडी, मुगा, आइफोनलगायतका सामानहरुसमेत उनीहरुको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।  इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु