गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाउदै देशैभरी गएको भूकम्प बाट भएको जनधनको क्षति प्रति दुख व्यक्त गर्दै अन्तराष्ट्रिय नेपाली कलाकार समाज युएईले सहयोग संकलन गर्ने निर्णय गरेको छ ।
समाजको आकस्मिक बसेको बैठकले घटनामा मृत्यु हुनुभएका मृतक आत्मालाई चिर शान्तिको कामना गर्दै आफन्त तथा घर गुमाएर पिडामा रहेका परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ति भगवानले प्रदान गरुन भनि प्राथना समेत गरेको छ ।
मानबिय संबेदनामा हातमा हात मिलाउद्दै राष्ट्रीय विपति आईपरेको परेका यो घडीमा सबैलाई अनेकस युएईका प्रतिनिधि संग सम्पर्क गरि सहयोग गर्न सबैलाई आहवान गर्दछौ बिज्ञप्तिमा भनिएको छ ।
साथै यो अभियानमा अनेकस केन्द्रिय समिति लगायत अनेकस भएका सबै देशमा सहयोग संकलन गरी अनेकसको तर्फवाट एकमुष्ट पिडितलाई सहयोग हस्तान्तरण गरिने छ ।