कृष्ण प्रसाद भुसाल
कपिलवस्तु जिल्लाको बुद्धवाटीका नगरपालीका वार्ड नं. ५ र १२ मा अवस्थित कोन्द्रा, देउराली र भृकुटी सामुदायिक वनमा धर्तिबाटै लोप हुने अवस्थामा पुगेका अतिसंकटापन्न डंगर गिद्धको बासस्थान भेटीएको छ । नेपाल पन्छी संरक्षण संघको अध्ययन टोलीले उक्त बासस्थान पत्ता लगाएको संघका जिव विज्ञ कृष्ण भुसालले बताए । देशभर करीव दुई हजार भन्दा कमको संख्यामा रहेका डंगर गिद्धको बासस्थान पुर्वी नेपालको सुनसरीका अलावा चितवन पश्चिमका तराईका जिल्ला र पहाडी जिल्ला अर्घाखाँची, पाल्पा, स्याङ्गजा, तनहु र कास्कीमा छ । कपिलवस्तुका पुर्वी क्षेत्रमा अवस्थित लालमटीया, प्रतिभा, राजापानी सामुदायिक वन र पश्चिमी बुड्डी क्षेत्रका अग्ला र ठुला साज, सिमल र सालका रुखहरुमा गँुड बनाई मानव बस्ती नजीक नै उक्त गिद्धको बासस्थान रहेको भुसालले बताए । गाोरुसीङ्गे आसपासका सामुदायिक बनमा अग्ला र ठुला रुखहरु संरक्षित भएकोले लोपोन्मुख गिद्धले बासस्थानको रुपमा छनोट गरेको गाोरुसीङ्गे इलाका वन कार्यालयका सहायक वन अधिकृत बिकाश कुमार श्रेष्ठ बताउछन ।
प्रकृतीको कुचिकार लोपोन्मूँख पंक्षी गिद्धको पर्यावरणीय चक्र र खाद्यसृङखला सन्तुलीत र गतीशिल राख्न महत्वपूर्ण भूमिका हुन्छ । आफै सिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धहरु प्रदुषित र दुर्गन्धित बातावरणलाई स्वच्छ र सफा राखी विभीन्न महामारी सरुवा रोगहरु हैजा रेबिज प्लेग एन्थ्राक्स फैलन बाट रोक्छन । विगत दश बर्ष यता नेपाल लगायत दक्षिण एशियामा गिद्धको संख्या ९५ प्रतिशत भन्दा बढीले घटेको विभिन्न अध्ययन प्रतिवेदन हरुले देखाएको छ ।
विभीन्न वैज्ञानिक अनुसन्धानहरुबाट गिद्धको संख्या यसरी अप्राकृतीक र नाटकिय रुपमा घटनुको प्रमुख कारण घरपालुवा पशु उँपचारमा प्रयोग गरीने औषधी डाइक्लोफेनेक भएको पत्ता लागेको छ । गिद्ध विनाशको कारक डाइकलोफेनक भएकोले गिद्ध संरक्षणका लागि नेपाल सरकारले जेठ २३,२०६३ देखि पशुउँपचारमा प्रयोग गरिने डाइक्लोफेनक उत्पादन,आयात, विक्री र प्रयोगमा प्रतिबन्ध लगायको छ र त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र विक्रीवितरण शुरु गरेको छ ।
दक्षिण एशियामा पाइने ९ मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाइन्छन ति मध्येको डंगर गिद्धको बासस्थान यहाका सामुदायिक वनमा छ । नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा छन । अग्ला र ठुला रुखहरु जोगाउने, डाइक्लोफेनेक तथा विषहरुको प्रयोग नगर्ने र गिद्ध संरक्षण जनचेतना फैलायौ भने यि दुर्लभ गिद्ध हाम्रा भावी सन्ततीले पनि देख्न पाउने नेपाल पन्छी संरक्षण संघका गिद्ध प्रवाधिक इश्वरी चौधरी बताउछन । वर्षको् यकपटा यकओटा मात्र अण्डा पार्ने गिद्धहरु यतिबेला आफ्ना बचेरा गुँडबाट उडाउने तरखरमा छन ।