बाबु रोका मगर
दिल्ली / हरियाणा । भारतको राजधानी दिल्ली को जनकपुरी स्थित नव दुर्गा कालिका मन्दिर मा उक्त मन्दिरका समिति द्दारा नेपालमा गएको विनासकारी भुकम्प बाट ज्यान गुमाएका प्रति आत्माको चिर शान्ति को लागि र घाइतेहरुको शिघ्र सु-स्वास्थ्यको लागि भागवत पारायण पूजा सम्पन्न गरेको छ।
सोहि समितिका ब्याक्ति लगायत अन्य समाजसेवी भारतीय हरुले पनि भुकम्प पिडितहुरुका लागि राहत सहयोग उपलब्ध गराई एक ट्रक सामान दिल्ली स्थित नेपाली राजदुतावास मा बुझाएको मन्दिरका अध्यक्ष मोहन अधिकारिले बताउनु भयो ।
(तस्बिर: बाबु रोका मगर )
यति मात्र नभई अझै उठेको सहयोग का सामाग्री गोरखा, धादिंग, सिन्धुपाल्चोक र नुवाकोटको लागि आइतवार को दिन नेपाल प्रस्थान हुने मोहन कार्की र नरेन्द्र खनाल ले जानकारी गराउनु भएको छ र आफुहरुले गरेको सहयोग सम्बन्धित ठाउँमा पुर्याउन को निम्ति हामीहरुले प्रभावित क्षेत्रका स्थानीय बासीहरु संग सम्पर्क गरि वितरण गर्ने योजना रहेको बताउनु भयो ।
भारतको नोएडामा श्री साइ कृपा चेरीटेबल लगायत अन्य नेपालीहरुद्दारा क्यानडल मार्च (तस्बिर: बाबु रोका मगर )