काठमाडौं, बैशाख २० । भूकम्पको त्रासबाट धेरै मानिसले राजधानी छाडेपछि तरकारीको मूल्यमा घटेको छ । काठमाडौंको कालिमाटी तरकारी बजारमा तरकारीको भाउ ४० देखि ५० प्रतिशतसम्म घटेको छ ।
Photo: EFE/EPA/NARENDRA SHRESTHA
भाउ घट्दा समेत ग्राहक कम हुँदा तरकारी कुहिने त्रास व्ययवसायीमा देखिएको छ । बजारमा पर्याप्त मात्रामा ताजा तरकारी आएकाले अभाव हुने कुनै संकेत देखिदैन ।
भूकम्प आएको ३-४ दिनसम्म भने तरकारी निकै महंगिएको थियो ।
यसैवीच राजधानीको अधिकांश मासु पसलहरु बन्द रहेका छन् । सरकारले भुकम्प प्रभावित क्षेत्रहरुमा पशुबधमा प्रतिवन्ध लाएएपछि मासु पसल तत्कालका लागि बन्द गरिएको हो । इमेजखबरमा समाचार छ ।