काठमाडौं । भूकम्प पिडितलाई नेपाल एसबिआई बैंकको रु. ५० लाख सहयोग नेपाल एसबिआई बैंकको संचालक समितिको बैंठकले २०७२ वैशाख १२ गते र त्यसपछि आएको विनाशकारी भूकम्प तथा पहिरोबाट पीडित जनसमुदायलाई राहत प्रदान गर्न प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषलाई रु ५० लाख सहयोग निर्णय गरेको छ ।
उक्त रकम बैंकको दरवारमार्गमा खोलेको १७७२५२४०२००६४० नम्वरको Donation Collection (PM Disaster Relief Fund) खातामा तत्काल जम्मा हुने व्यवस्था मिलाई सकिएको बताएको छ ।
नेपाल एसबिआई बैंक सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्था, व्यवसायीक ईकाइ, एजेन्सीलाई उक्त खातामा यथासक्य रकम जम्मा गरी पिडितहरुको राहत र उद्धारको लागि सरकारलाई सहयोग गर्न अनुरोध समेत गरेको छ ।
उक्त खातामा जम्मा भएको रकम तथा सोको विवरण प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई हस्तान्तरण गरिने बताएको छ ।