अमेरिकामा अवैधानिक रूपमा बसेका नेपाली फर्कन् सक्ने

विनोद रोका, सेतोपाटी
देशमा आपत परेको बेला आफन्त वा परिवार गुमाएका तर, अवैधानिक स्टाटसका कारण देश जान नपाएकाहरुका लागि अमेरिकी कांग्रेसले पनि पहल गरेको छ टिपीएस अर्थात टेम्पोररी प्रोटेक्टेड स्टाटस
यो पास भएको खण्डमा अमेरिकामा अवैधानिक रूपमा बसेका र नेपाल जान नपाएकाहरू नेपाल गएर पुनः फर्कन पाउने छन्।
टिपीएस भनेको अमेरिकी राष्ट्रपति वा अमेरिकी सरकारका एर्टनी जनरलबाट प्रत्याभूति अधिकारको प्रयोग गरेर अमेरिकन अद्यागमन विभागका सचिवले अमेरिकामा बसीरहेका तर देशमा घटेको शैनिक विद्रोह, प्राकृतिक प्रकोप, र भूकम्प, जस्ता कारणले गर्दा पुनःस्वदेश  फर्कन पाउने सुरक्षा नरहेका व्यक्तिहरुलाई दिइने अस्थायी सुविधा हो।
आपत परेको देशमा फर्केर जाँदा उक्त देशमा सुरक्षाको अवस्था नरहेको खण्डमा अमेरिका भित्र अवैधानिक बसेको भएपनि पुनः फर्केर आउन पाउने सुविधा हो यो। यस्तो सुविधा दिनका लागि अध्यागमन विभागको सचिवलाई अमेरिकी अध्यागमन कानुन अन्तरगत दफा २४४ ले अधिकार प्रदान गरेको छ।
यद्यपि यो संविधान दिनुभन्दा पहिले सचिवले अमेरिकी सरकारका अन्य निकायसँग परामर्स गर्नुपर्ने हुन्छ।
अहिले अमेरिकाको कांग्रेसमा प्रतिनिधित्व गर्ने दुईजना कांग्रेस म्यानले नेपालीहरुलाई टिपियसको सुविधा दिईनु पर्छ भन्ने प्रस्ताव पेश गरेका छन्। भने केही सिनेटरहरुले यस बारेमा अमेरिकी राष्ट्रपतिलाई अनुरोधसमेत गरेका छन्।
यसैबीच ह्वाइटहाउसले हस्ताक्षर अभियानको सुरू पनि गरिसकेको छ। अमेरिकामा रहेका नेपालीहरूले १ लाखको संख्यामा हस्ताक्षर जुटाए राष्ट्रपतिले यो सुविधा जारी गर्नुपर्ने हुन्छ। यो सामूहिक प्रयास सफल भयो भने अवैधानिक रूपमा अमेरिकामा बसिरहेका नेपालीहरूले टिपियस सुविधा अन्तरगत नेपाल गएर पुनः आउन पाउँछन्।
टिपियस सुविधा पाउने सूचिमा नेपाललाई अमेरिकी सरकारले राखेको खण्डमा भूकम्प गएको दिन अप्रिल २५ वा सोभन्दा अगाडिदेखि अमेरिकी सरकारले निकालेको आधिकारिक सूचनाको मितिसम्ममा निरन्तर अमेरिकामा बसोवास गरीरहेका नेपालीहरूले टिपियस सुविधा पाउन सक्छन्। यस्तो सुविधा पहिलो पटक १८ महिनासम्मका लागि हुन्छ।
अवैधानिक रूपमा अमेरिकामा बसीरहेका वा देश निकाला गर्न लागिएका नागरिकले पनि यो अधिकार पाउन सक्छन्। यो सुविधा जारी भएको खण्डमा अवैधानिक रूपमा अमेरिका वसेकाहरू नेपाल गएर १८ महिना भित्र पुनः अमेरिका फर्कन पाउँछन्। तर, ठूलो अपराधमा जेल सजाय पाएकाहरुले भने यो सुविधावाट बञ्चित हुनेछन्।
सिमीत समयका लागि उपलब्ध गराइने यस्तो सुविधा अन्तरगत अमेरिकामा काम गर्ने वर्कपरमिट, ट्राभल डकुमेन्ट पनि पाउन सकिन्छ।
रोका कानुनी सल्लाहकार हुन्।