भूकम्पबाट क्षतिग्रस्त भएको बालाजुको बैंक अफ काठमाडौ शाखाको भवनमा २ करोड ४८ लाख फेला

काठमाडौं । गत वैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त भएको बालाजुको बैंक अफ काठमाडौ शाखाको भवनमा फेला परेको २ करोड ४८ लाख ८५ हजार ४ सय रुपैयाँ सशस्त्र प्रहरी बलले बैंकका सम्बन्धित कर्मचारीलाई बुझाएको छ ।
सशस्त्र प्रहरी बलको  सर्च एन्ड रेस्क्यू  टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको शाखाको  सेफ बाट उक्त रकम सम्बन्धित कर्मचारीलाई बुझाएको हो ।
सशस्त्र प्रहरीका निरीक्षक धीरेन्द्र चन्दको कमान्डमा खटिएको टोलीले बैंककै कर्मचारीको रोहबरमा उक्त रकम निकालिएको हो । इमेजखबरमा समाचार छ ।