
काठमाडौ – महाभूकम्पले क्षतिग्रस्त बनेको थापाथलीस्थित प्रसुति गृहका २ वटा भवनलाई प्रयोग गर्न नमिल्ने भन्दै प्राविधिक टोलीले रातो स्टिकर टाँसेको छ । बस्नै नमिल्ने भवनलाई मात्र रातो चिन्ह लगाउने गरिन्छ ।
प्रसुति गृहको दक्षिण र पश्चिम पट्टकिो ४ सय भन्दा बढी बिरामी राख्ने भवनको पिलर चर्केर दक्षिण तिर ढल्किएको छ ।
भुकम्पका बेला पिलर र छतको सिमेन्ट झरेपछि बिरामीहरुको भागभाग भएको थियो । ‘भवन भत्किएर रड मात्रै देखिन थाले पनि मानवीय क्षति भने हुन पाएन,’ प्रसुती गृहमा कार्यरत सुरक्षा गार्ड राजु राइले भने, ‘भवन भत्किन थालेपछि बिरामीहरु झ्याल ढोका फोडेर बाहिर निस्किएका थिए ।’
उक्त भवन भित्र रहेका अधिकांश बिरामीलाई डिस्चार्ज दिइसकेको र हाल आएका बिरामीलाई अर्को भवनमा राखिएको उनले जानकारी दिए । उक्त भवनमा गर्भवती, सुत्केरी र शल्यक्रिया गरेका बिरामीहरु भर्ना गरेर राखिने गरिन्थ्यो ।
प्राविधिक टोलीले मर्मत पछि बस्ने मिल्नेलाई ‘पहेलो’ र मरम्मतविनै बस्न मिल्नेलाई ‘हरियो’ स्टिकर टाँसेको छ । ईकान्तिपुरमा समाचार छ ।