भूकम्पबाट घर ध्वस्त-क्षतिग्रस्त भएकालाई नयाँ निर्माण गर्न २ प्रतिशत ब्याजमै ऋण दिइने

 काठमाडौं – भूकम्पबाट घर ध्वस्त-क्षतिग्रस्त भएकालाई नयाँ निर्माण गर्न २ प्रतिशत ब्याजमै बैंक-वित्तीय संस्थाबाट ऋण दिइने भएको छ । राष्ट्र बैंकको बुधबारको निर्णयअनुसार काठमाडौंभित्र २५ लाख रुपैयाँ र बाहिर १५ लाख रुपैयाँसम्म प्रति ध्वस्त-क्षतिग्रस्त घरलाई यस्तो ऋण दिइने भएको हो ।