धनकुटामा भूकम्प पीडितहरुको अनुगमन सुरु

धनकुटा  । जिल्ला दैविक प्रकोप उद्धार समितिले धनकुटामा भूकम्प पीडितहरुको अनुगमन सुरु गरेको छ ।
जिल्लाको चौविसे क्षेत्रबाट राहत वितरण गर्ने कार्य थालनी गरे पनि वास्तविक पीडित परिवारको पहिचान नभएको भन्दै अनुगमन सुरु गरेको हो ।
जिल्ला प्रसासन कार्यलय, जिल्ला बिकास समिति, जिल्ला प्राबिधिक कार्यलय, सशस्त्र तथा जनपथ प्रहरीका प्रतिनिधि सहित जिल्लामा क्रियासिल सञ्चारकर्मी सहितको टोली स्थलगत अनुगमनको लागि प्रभावित गाउं विकास समितिमा पुगिरहेका छन् ।
यस अघि जिल्ला दैविकप्रकोप उद्धार समितिमा स्थानिय गाबिस वा प्रहरी चौकीले पठाएको क्षति विवरणको आधारमा राहत वितरण सुरु गरेको थियो ।
जिल्ला दैविक प्रकोप उद्धार समितिले ४९ वटा घर र ६ वटा विद्यालय भवन पुर्ण क्षति भएको विवरण तयार गरेको थियो । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु