संखुवासभाको पावाखोलामा चट्याङ लागेर एक महिलाको मृत्यु

संखुवासभा, बैशाख २४ । संखुवासभाको पावाखोला गाविसमा गएराती परेको चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
 पावाखोला ८ बैद्य गाउंकी २६ वर्षिय रिता गुरुङको घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर मामलिङ गाविस वडा नम्बर ६ की ३६ वर्षिय कल्पना घिमिरे भने गम्भीर घाइते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु