लगातार भूकम्पका धक्काले त्रसित: इन्जिनियरहरुको टोलीले हाउजिङका घर र अपार्टमेन्टहरु अनुगमन

काठमाडौं  । सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियरहरुको टोलीले हाउजिङका घर र अपार्टमेन्टहरु अनुगमन गरिरहेको छ ।
विहीबारसम्ममा २० ओटा अपार्टमेन्टहरुको निरीक्षण सकिएको टोली प्रमुख इन्जिनियर सागर कृष्ण जोशीले जानकारी दिए ।
विज्ञहरुको टोलीले विहीबार सनराइज टावर्स, कलर्स अपार्टमेन्टलगायतमा अनुगमन गरेको हो ।  विभागले निर्माण अनुमति दिएका अपार्टमेन्टहरु मात्र टोलीले अनुगमन गरिरहेको छ ।
हालसम्म अनुगमन गरिएका भवनहरुमध्ये एउटामा विस्तृत परीक्षण नगरी मानिस बस्नै नमिल्ने पाइएको र अरु भने मर्मत गरेर बस्न मिल्ने पाइएको उनले बताए ।
धापासीस्थित पार्क होराइजन बिल्डिङ सबैभन्दा बढी क्षतिग्रस्त पाइएको छ । अन्यमा भने स्ट्रक्चरल क्रयाक नदेखिएकाले मर्मत गरेर बस्न मिल्ने उनले बताए ।
लगातार भूकम्पका धक्काले आफूहरु त्रसित भएपनि प्राविधिकहरुले बस्न मिल्ने बताएपछि आफूहरु अर्पाटमेन्टमै बसिरहेको अपार्टमेन्टधनीहरुले बताएका छन् । इमेजखबरमा समाचार छ ।