गृह मन्त्रलायले घरबेटीले भाडा बढाए तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भूकम्पपछिको विषम परिस्थितिमा उपत्यकाका केही घरबेटीले भाडा बढाएको समाचार आएकोप्रति मन्त्रलाय ध्यानार्कषण भएको बताएको छ।
विषम परिस्थितिमा घरभाडा वृद्धि गर्नु सामाजिक नैतिक र कानुनी दृष्टिकोणबाट समेत अनुपयुक्त भएकाले त्यस्ता काम नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
कसैले घरभाडा बढाएको पाइएमा तत्काल प्रहरीको टेलिफोन नं. १००, कल सेन्टरको टेलिफोन नं. १२३४ र सशस्त्र प्रहरी बलको टेलिफोन नं. १११४ मा कल गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
विषम परिस्थितिको फाइदा उठाइ घरभाडा वृद्धि गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि मन्त्रालयले निर्देशन दिएको छ। सेतोपाटीमा समाचार छ ।