महाभूकम्पमा परि नातेदार गुमाएका र घरबाहर विहिन बन्न पुगेका नेपाली कामदारलाई तत्काल नेपाल फर्कनका लागि दुई तर्फी टिकट दिने भएको छ ।
उनीहरुलाई कम्पनीले विदा नदिए दूतावासले पहल गरेर विदा दिलाउन पर्ने समेत सरकारको निर्णय रहेको छ । मलेसिया लगायत अन्य अरब मुलुकमा रहेका नेपालीहरुले विदा नपाएर समस्यामा परेका छन । मलेसियामा मात्र अहिलेसम्म करिव दुई हजार जनाले आफ्नो घरमा समस्या परेको र जानको लागि ब्यवस्था गरिदिन आग्रह गरेको राजदूत बस्न्यातले बताए ।
रोजगार दाता कम्पनीको स्विकृत नभएमा कामदारले एक्जिट परमिट नपाउने हुनाले यसमा समस्या पर्ने देखिएकोले दूतवासले सक्दो पहल गर्ने पनि उनले बताए । कामदारले विदा पाएको खण्डमा उनीहरु आफैपनि टिकट किनेर घर आउन हतारिएका छन् । कतिपय राम्रा कम्पनीले भने टिकट नै किनेर पनि नेपालीलाई पठाई सकेको छ । ईकान्तिपुरमा समाचार छ ।