प्युठानमा कार दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु

प्युठान, बैशाख २७ । प्युठानमा कार दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
स्वर्गद्धारी दर्शन गरि दाङको लालमटिया जाँदै गरेको बा च १०५३ नम्बरको कार प्युठानको थक्लेनीमा दुर्घटनाग्रस्त हुँदा उनीहरुको ज्यान गएको हो ।
मृत्यु हुनेमा दाङ लालमटिया देउखुरीका कृष्ण गैरे,उनकी श्रीमती तिला गैरे र छोरा रुकेश गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाबुछोराको घटनास्थलमै र आमा तिलाको उपचारको लागि जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा घाइते नातिनी मिया गैरैको स्वास्थ्य चौकी देबिस्थानमा उपचार भैरहेको छ । कार सडकबाट एक सय मिटर तल माडी नदीमा खसेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु