बाबु रोका मगर
दिल्ली/ हरियाणा – भारतको हरियाणा राज्यको ब्यस्त अनि रमणीय स्थान अग्ला-अग्ला बिल्डिंगको माझमा रहेको डी एल एफ साइबर सिटिको साइबर हब जहाँ धेरैजसो धनाड्य व्यक्तिहरुको उपस्थिति हुन्छ उनीहरुलाई नै लक्षित पारेर बनाइएको हब हो यहाँ ठुला-ठुला नेशनल, इन्टरनेशनल कम्पनि,अफिस कल सेन्टर आदि लगायत विभिन्न प्रख्यात महंगा रेस्टुरेन्ट, बार, क्याफे अनि पब हरुको ब्यबस्था छ |
सोहि स्थानमा हालै नेपालमा गएको महा विनासकारी भुकम्पको सहयोगको लागि हिन्दुस्तान टाइमसले आयोजना गरेको फ्राइडे जाम “म्युजिकसियन युनाइटेड फर नेपाल” प्रोग्राममा बिपुल ब्याण्डका ग्रुपले नेपाली गित “पानि पर्यो सररर…” अनि “यो मन त मेरो नेपाली हो” बोलको गित गाएपछि तालीको गड्गडाहट बजेको थियो | यो स्थानमा प्राय अंग्रेजी र हिन्दि गीतहरु को शो हुने गर्दथ्यो तर त्यो दिन सोहि स्थानमा पहिलो पटक नेपाली गितको शो हेर्न पाउदा उपस्थित नेपालीहरु खुशी देखिन्थे |
यो स्थानमा सर्वसाधारण पनि आउन सक्छन यहाँ आउनको लागि डी एल एफ कम्पनि ले सस्तो शुल्कमा रेपिड मेट्रोको ब्यबस्था गरेको छ | हब शुक्रवार देखि आइतवार सम्म धेरै ब्यस्त देखिन्छ अलग-अलग फेशनमा मान्छेहरुको भिड हुन्छ |
उक्त कार्यक्रममा सुजुकी मोटर को तर्फबाट भुकम्प पिडित को लागि सहयोग सो-रुप नेपाललाइ रु एक लाखको चेक प्रदान गरेको थियो भने कायर्क्रम मा ठुला-ठुला हस्तीहरुको उपस्थिति रहेको थियो |
तस्बिर: बाबु रोका मगर