नवलपरासी दुर्घटनामा तीन जनाको मृत्यु

कृष्ण खनाल
बुटवल ।  नवलपरासीको सुनवल-७ ज्यामिरेमा आज माइक्रो बस र टिपर एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ  ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी ७ ज्यामिरेको जङ्गलमा आज बिहान ८ः३० बजेको समयमा पश्चिम बाट पुर्व दिशा तर्फ आइरहेको लु १ ख ८४५७ न को टिप्पर र पुर्व बाट पश्चिम दिशातर्फ गईरहेको लु १ ख ३८७४ न को माइक्रोबस एक आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको छ भने,२४ जना घाइते भएका छन ।
मृत्यु हुनेमा माइक्रोबस चालक ज्यामिरे ७ बर्दघाटका का प्रदिप खनाल छ्न भने अरु २ जना महिला हरुको सनाखत भैसकेको छैन । घाइते सबैको अहिले लुम्बिनी अन्चल अस्पताल बुटवल मा उपचार भैरहेको छ । जस मध्ये गुल्मी जिल्ला बलेटक्सार वडा न ३ का दुर्गा प्रसाद भन्डारी र नवलपरासी तिलकपुर वडा न ८ का अन्दाजी वर्ष ८ का रोहित गैरे गम्भिर घाइते भएका छन् ।  गम्भिर घाइते भण्डारीलाई  थप उपचारको लागि  भरतपुर मेडिकल कलेज चितवनमा रिफर गरिसकिएको छ ।

अन्य समाचारहरु