कृष्ण खनाल
बुटवल । गाविस स्तरिय अपाङ्गता संमन्वय समिति सालझण्डीको आयोजनामा अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार पशुपती उमावि झलझण्डीमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक समाग्री वितरण गर्नुको साथै स्थानिय राजनीतिक दल, वडा नागरिक मञ्च, अपाङ्गता भएका व्याक्तिका अभिभावक र स्वम् अपाङ्गता भएका व्याक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।
गाविस स्तरिय अपाङ्गता संमन्वय समितिका संयोजक तथा गाविस सचिव शन्तकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता उत्थान जिल्ला समन्वय समितिका पुर्व उपाध्यक्ष हुमनाथ अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देदहीका कार्य समिति सदस्य लक्ष्मण पोखरेल, नेकपा एमाले गाउ कमिटि अध्यक्ष लोकनारायण थापा, नेकपा माओवादी सह सेक्रेटरी हुम ब हादुरा सोमरे, राप्रपा नेपालका क्षेत्रीय कार्यवाहक अध्यक्ष कृष्णराम रेग्मी, जनमुक्ती पार्टीका गाँउ कमिटि अध्यक्ष धन बहादुर राना लगायतले अन्त्रक्रियमा विभिन्न मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न अपाङ्गता भएका २५ जना विद्यार्थीहरुलाई, कापि, कलम, झोला र स्टेशनरी सामग्री वितरण गरिएको छ । गाविसको आर्थिक सहयोगमा उक्त सामग्री प्रदान गरिएको हो ।
शैक्षिक समग्री पाउने विद्यार्थीहरुमा पशुपती उमाविकी स्वतिका खनाल, सोही विद्यालयकी रेखा राना, पुनम चौधरी, सालझण्डी माविका हुसेन राना, करण थारु, पुष्पा पोखरेल, प्रेम बहादुर क्षेत्री, कोटियादेवी माविका सन्तोषी अर्याल, चुरामणी ज्ञवाली, रमेश अधिकारी, महेरवादेवी निमाविका कविता पौडेल, पवित्रा रेग्मी, दिलिप रेग्मी, जनज्वोती निमावि का शिशिर अर्याल, एलिशा खड्का, ममता विक, कञ्चन प्राविका हेम बहादुर गुरुङ्ग, रानी थारु, विनीता विक, नवप्रभाव ई.बो.का सागर बेल्बासे, लक्ष्मी ज्ञवाली , विशाल थारु, पृृथिवी फ्वार ईबोका सजन मल्ल, अस्मिन घिमिरे, निशाल भुषाललाई शैक्षिक समाग्री प्रदान गरिएको हो ।