रुपन्देहीमा दृष्टिविहिनलाई च्याउखेती तालिम

कृष्ण खनाल  
बुटवल  । जिल्ला विकास समिति रुपन्देहीको सहयोग र नेत्रहिन युवा संघ रुपन्देहीको आयोजनामा दृष्टिविहिनरुको लागि २ दिन च्याउ खेती तालिम सम्पन्न भएको छ । बैशाख ३१ देखि बुटवल-१४ तामनगरमा रहेको  रुपन्देही नेत्रहिन संघको तालिम केन्द्रमा सुरु भएको तालिम शुक्रबार समापन गरिएको हो । नेत्रहिन युवा संघका अध्यक्ष टिकाराम उपाध्यय को अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गा प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो । 
२० जना दृष्टिविहिनभएका युवा-युवतीहरुको सहभागीता रहेको तालिम रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासीनीको विशिष्ठ आतिथ्यता रहेको थियो । नेत्रहिन युवा संघका उपाध्यक्ष जीवन पोखरेलको स्वागत र सचिव दामोदर उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका कार्यक्रम अधिकृत पे्रेम महर्जन, फिल्ड सुपरभ्वाईजर हरि भण्डारी, नेत्रहिन क्रिकेट संघका लुम्बिनीका उपाध्यक्ष निर्मल पोखरेल, फुलकुमारी राई लगायत बोल्दै सिकेको सीप व्यवहारमा उतार्र्नुपर्नेमा जोड दिएका थिए ।

अन्य समाचारहरु