कृष्ण खनाल
बुटवल । अपाङ्गता भएका व्याक्तिहरुको पहलमा संकलन गरिएको भुकम्प पिडीतहरुको लागि संकलन गरिएको राहत समग्री शुक्रवार काठमाण्डौै पठाइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रको संमन्वयमा भुकम्प पिडीत अपाङ्गता भएका व्याक्तिहरुलाई प्रदान गर्ने उदेश्य सहित अपाङ्ग पुर्नस्थापना समाज रुपन्देहीका अध्यक्ष सावित्रा घिमिरे र सल्लाहकार रमेश जिसी सहितको टोलीले काठमाण्डौमा उक्त सामान हस्तान्तरण गरेको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवी बहादुर पोख्रेलका अनुसार भारतका विभिन्न स्थानहरुबाट अपाङ्गता भएका व्याक्ति र संघ संस्थाहरुको पहलमा र नेपालमा अपाङ्गता भएका संघ संस्थाहरुको संमन्वयमा संकलन गरिएको २८ कार्टुन सामन राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई हस्तानान्तरण गरिएको हो । राहत समग्रीमा त्रिपाल, कम्बल, कपडा, चामल, चिउरा लगायतका समाग्रीहरु रहेका छन् ।