काठमाडौ – अन्डाकाे मूल्य घटेर रु ८ रुपैयाँ भएकाे छ । भूकम्पबाट प्रभावितलाई प्रोटिनयुक्त खाद्य तत्वको अभाव भएको भन्दै नेपाल अन्डा उत्पादक सङ्घले अन्डाको मूल्य घटाएको हो । यसअघि उपभोक्ताले प्रतिअन्डाको मूल्य रु १३ को हाराहारीमा तिर्ने गरेका थिए ।
विपद्का वखत उपभोक्तालाई सहयोगस्वरुप अन्डाको मूल्य घटाइएको सङ्घले आज सूचना जारी गरेर जनाएकाे छ । याे मूल्य साेमबारदेखि केही दिनका लागु हुने संघले जनाएकाे छ । संघले सबै व्यवसायीलार्ई यही मूल्य कायम गर्न आग्रह पनि गरेको छ । रासस