डोटी र डडेलधुराको सीमामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु

डोटी र डडेलधुराको सीमामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। डोटी र डडेलधुराको सीमा क्षेत्र गैराभन्दा नजिक सोमबार बेलुका भएको दुर्घटनामा ३५ जना घाइते भएको प्रहरीले जनाएका छन्।
महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ५ ख १६८५ नम्बरको गाडी सडकबाट करिब ६० मिटर तल खोलामा खसेको डोटी प्रहरीले जनाएको छ।
घाइते सबै ३५ जनालाई उपचारका लागि कैलालीको पद्मा अस्पताल लगिएको छ । ज्यान गुमाउनेको सनाखत नभएको प्रहरीले जनाएको छ। सेतोपाटीमा समचार छ ।  

अन्य समाचारहरु