“देउता” बाट उठेको रकम सबै भुकम्प पिडितहरुलाई वितरण गरिने

बाबु रोका मगर 



दिल्ली, हरियाणा । प्रवासमा बसेर कयौ नेपालीहरु आफ्नो परिवार मात्र हेर्ने गर्छन न कुनै समाजसेवा प्रति चासो दिन्छन न कुनै देश प्रति मतलव राखेका हुन्छन । दिन्छन त केवल पैसालाई महत्व? नोकरी गरेर बचेको समय आफु संग भएर पनि त्यो समयलाई सदुपयोग गर्न नसक्ने हामि कयौ नेपालीहरु छौ तर ति मध्य कुनै यस्ता ब्याक्तिहरु पनि छन् जसले समाज राष्ट्र र त्यहाँका जनता प्रति बिशेष ध्यान दिएका हुन्छन ।



त्यस्तै युवा व्याक्ति हुन पदम गाहा मगर राजधानी दिल्लीमा नोकरी गर्दै कथा पटकथा लेख्दै गर्नु भएका समाजसेवी युवा पदम गाहा मगर ले नेपाली चलचित्र “देउता” को निर्माण गरि सक्नु भएको छ र सोहि चलचित्र भारतको राजधानी दिल्ली र हरियाणाको गुडगाव मा प्रदशर्न गर्ने तयारी भएको बताउनु भएको छ ।



पुरानो नाम नयाँ काम नयाँ कलाकार नयाँ कहानी राजनीतिक, सामाजिक र भरपुर एक्सनले भरिएको चलचित्र “देउता” प्रदशर्न गरि उक्त चलचित्र बाट उठेको रकम नेपालमा गएको महा विनासकारी भुकम्प पिडितहरुलाई समाजसेवी देउता टिम भुकम्प प्रभावित क्षेत्रमा गइ आफनै हातले राहत वितरण गर्ने जानकारी फिल्म निर्माता तथा कलाकार पदम गाहाले बताउनु भएको छ ।



एउटा नेपाली लाइ अर्को नेपाली परेको बेलामा नै काम लाग्नु पर्छ अहिलेको यो अबस्थामा त झन सबै नेपालीहरु एक जुट भएर भुकम्प पिडितहरुलाई सहयोग गर्दै नयाँ नेपालको निर्माणमा जुट्नु पर्छ भन्ने संदेश दिदै आगामी १४ जुन  २०१५ आइतवारको दिन हरियाणा राज्यको गुडगाव शहर स्थित पायल सिनेमा हलमा “देउता” शो गरि उक्त चलचित्र हेरेर भुकम्प पिडितहरुलाई सहयोग गर्नुहुन सबै नेपाली बुवाआमा,दाजुभाइ तथा दिदीबहिनी सबैलाई हार्दिक अनुरोध गर्नु भएको छ ।