भूकम्प प्रभावित क्षेत्रका कृषकहरुलाई तत्काल राहतको कार्यक्रमहरु सञ्चालन गर्न निर्देशन

 काठमाडौं ।  व्यवस्थापिका संसद अन्तर्गतको कृषि विकास समितिले भूकम्प प्रभावित क्षेत्रका कृषकहरुलाई तत्काल राहतको कार्यक्रमहरु सञ्चालन गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयका उच्च अधिकृतहरुसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।
समितिको बैठकमा कृषि मन्त्रालयका सचिव उत्तम भट्टराईले भूकम्प प्रभावित क्षेत्रमा अल्पकालीन एवं दिर्घकालिन योजनासहितको कार्ययोजना प्रस्तुत गरेका थिए  ।
त्यस क्रममा भट्टराईले भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुमा पूर्नस्थापना र राहत कार्यक्रमका लागि थप जनशक्तिको माग गरे ।
मन्त्रालयले भूकम्पबाट १३ लाख ४ हजार ८ सय ९४ मेट्रिक टन खाद्यान्न नष्ट भएको, १६ हजार ३ सय ७१ ठूला पशु, ३६ हजार सात सय १० साना पशु र ४ लाख ५१ हजार ६ सय ८८ पंक्षी नष्ट भएको विवरण दिएको छ ।
यसैगरि भूकम्प प्रभावित क्षेत्रहरुमा एक हप्ता भित्र कृषकहरुलाई विउविजन उपलव्ध गराउने योजना पनि मन्त्रालयले सुनाएको छ ।
मन्त्रालयका सचिव उत्तम भट्टराईले खाद्य सुरक्षाका लागि अबिलम्ब भण्डारणको व्यवस्था मिलाउनु पर्ने धारणा पनि राखे । इमेजखबरमा समाचार छ ।