मर्न कसैलाई रहर हुँदैन – – – भन्ने आशयको फेसबुकमा स्टाट्स लेख्दै कोरियामा नेपालीले गरे आत्महत्या

अर्जुन बराल

सोल – मर्न कसैलाई रहर हुँदैन – – –  भन्ने आशयको फेसबुकमा सोमबार बिहान नौ बजे स्टाट्स लेख्दै एकबर्ष अगाडि दक्षिण कोरिया आएका लेखनाथ नगरपालिका कास्की घर भएका रामहरि बरालले सोमबार बेलुका आफनै कोठामा डोरीको पाँसो लगाएर आत्महत्या गरेका छन्।
 
दक्षिण कोरियाको ख्यङगिदो सिटी अर्न्तगत ह्रवासङ् सि ससिङमेन कम्पनीमा फलामको काम गर्ने बरालको साथमा ६ पृष्ठ लामो सुसाईडनोट भेट्टिएको छ भने साथमा साँढे तीन लाख भन्दा बढी रकम पनि रहेको छ।
 
सुसाईडनोटमा उल्लेख भए अनुसारको आशय बुझ्दा पारिवारीक तनाब, आफ्ना चाहनाहरुमा परिवारबाट सर्पोट नहुँनु, दाई सिंगापूर पलायन हुँनु,पारिवारीक जिम्मेबार आफूमा मात्र रह्नु, जस्ता कारणहरु रहेको साथै कुटनीतिक प्रक्रियामार्फत नेपालमा रहेका मृतकका आफन्तलाई आजै जानकारी पठाईएको र प्रक्रिया पुरा हुनासाथ नेपाल पठाइने दक्षिण कोरियाका लागि श्रमसहचारी अनिल गुरुङले जानकारी गराए।
 
दक्षिण कोरियामा पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा आठ जना नेपालीको मृत्यु मध्य चारजनाले आत्महत्या गरेका छन् भने नेपाली दूतावासको स्थापनाको एकदशक नपुग्दै ८० जनाको हाराहारीमा नेपालीको बिभिन्न कारणबाट मृत्यु भएको देखिन्छ।