काठमाडौं । महाभूकम्पपछि मानिसहरु घरबाहिर बसेको मौका छोपी चोरी गर्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । बालाजु, गोंगबु र नख्खु लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बालाजु क्षेत्रमा चोरीमा संलग्न पेम्बा लामाको समूह, बालाजुमै सक्रिय सुनिल महत, कलंकीमा चोरीमा सक्रिय हिराबहादुर शाही, गौशालामा सक्रिय देवकुमार चौधरी र नख्खुमा छिरिङ लामाको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ल्यापटप, सुनका गहना, मोबाइल र केही नगदसमेत बरामद गरेको जनाएको छ । इमेजखबरमा समाचार छ ।