जेठ १३ सम्म भन्सार छुटमा माल भित्र्याउन पाइने

मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले यो सूची स्वीकृत भएको मितिले १० दिन (जेठ १३) सम्म भन्सार छुट पाइने बताएका छन् । 

के-के सामानमा छुट
प्रथम पटक भूइँचालो गएको २२ दिनपछि गृहमन्त्रीले अनुमोदन गरेको भन्सार छुटको सूचीमा औषधि र औषधिजन्य सामाग्री एवं उपकरणहरु २२९ प्रकारका छन् ।
त्यसैगरी आवासका लागि ८ प्रकारका सामानहरु जस्तै- टेण्ट, त्रिपाल, म्याट, ब्ल्याङकेट, मोबाइल ट्वाइलेट (विद्यालय र क्याम्पका लागि मात्र), स्टोरेज ब्याग, इन्फ्लाटेबल वाटर टैंक र जेनेरेटर (विद्यालय र क्याम्का लागि) मा भन्सार छुट गरिएको छ ।
त्यसैगरी सरसफाइ र सुशद्धतासम्बन्धी पानी शुद्ध पार्ने सामग्री, पियुष लगायत ५ प्रकारका समानमा जेठ दोस्रो सातासम्म भन्सार छुट हुनेछ ।
खानेकुराको हकमा चामल, चिउरा, खानेतेल, लिटो, गहुँको पीठो र दलहनमा पनि भन्सार छुट गरिएको गृहमन्त्रालयले जनाएको छ । अन्लाईनखबरमा समाचार छ ।  
Home ministry