रुपन्देहीमा दृष्टिविहिन विद्यार्थीहरुलाई १० वटा निःशुल्क ट्वालेट

बुटवल संवाददाता
बुटवल ।  अपाङ्गता अधिकार र विकाशका लागि कृयाशिल नेपाल को आयोजना र दृष्टिविहिन उत्थान संघ रुपन्देहीको स्थानिय संयोजनमा दृष्टिविहिन विद्यार्थीहरुको लागि अध्यायनमा सहजता प्रदान गर्ने उदेश्यले विशेषप्रविधी जडीत १० वटा ट्याब्लेट निःशुल्क वितरण गरिएको छ ।  शनिवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी उक्त संस्थाले यस जिल्लामा रहेर विभिन्न तहमा अध्यायन गर्ने  १० जना दृष्टिविहिन विद्यार्थीहरुलाई एसिएर कम्पनीको ट्वालेट वितरण गरेको हो । 
संस्थाका संस्थापक अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका  पुर्व केन्द्रीय अध्यक्ष विरेन्द्रराज पोखरेलको अध्यक्षतामा भएको ट्याव्लेट हस्तान्तरण कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुगम भट्राई,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल क्षेत्रीय सदस्य खेमराज शर्मा, दृष्टिविहिन उत्थान संघ रुपन्देहीका अध्यक्ष तथा  अपाङ्गता उत्थान जिल्ला संमन्वय समितिका पुर्व उपाध्यक्ष हुमनाथ अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी लगायतको आतिथ्यता रहेको थियो । 
नेपालभर दृष्टिविहिन भएका १ सय जना विद्यार्थीहरुलाई निःशुल्क  ट्याब्लेट वितरण गरिने कार्यक्रम अनुसार बुटवलमा १० वटा वितरण गरिएको हो ।  दृटिविहिन विद्यार्थीहरु राम प्रसाद पौडेल, ऋषिराम विसी, निर्मल पौडेल, पवित्रा विसी, जीवन पोखरेल, दामोदर बिसी, कृष्ण प्रसाद ढकाल, अनिता सिग्देल, शंकर रेग्मी र अभिसेक सिग्देललाई निःशुल्क ट्याब्लेट प्रदान गरिएको हो । उक्त कार्यक्रममा ट्याब्लेटको प्रयोग र उपयोगीताबारेमा राष्ट्रय अपाङ्ग महासंघका पुर्व अध्यक्ष विरेन्द्र राज पोखरेल, क्षेत्रीय सदस्य खोमराज शर्मा, र  राजेन्द्र सुवेदी लगायतले प्रशिक्षण दिएका थिए ।
 सोही कार्यक्रममा नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजनामा जिल्ला विकास समिति रुपन्देही र महिला विकास कार्यलय रुपन्देहीको आर्थिक सहयोगमा ६ जना दृटिविहिनहरुलाई सेतो छडी वितरण गरिएको थियो । उक्त संस्थाले आगामी दिनमा सिविआर कार्यक्रम अन्र्तगत बैशाखी, आई ग्लास,  हेरिङ्ग एड लगायत प्रदान गर्ने जनाएको छ । 
 

अन्य समाचारहरु