कृष्ण खनाल
बुटवल, १० जेठ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विकट जिल्ला कालिकोटबाट काठमाण्डौ गएर उच्च शिक्षा अध्यययन गर्दै गरेकी पुर्ण दृष्टिविहिन विद्यार्थी नन्दा सिंहले अध्ययनको क्रममा थुपै्र ठक्कर खानुप-यो । काठमाडौंमा रहेको नेत्रहिन पुर्नस्थापना कार्यक्रम अन्र्तगतको महिला छात्रावासमा बसेर उनी पशुपती उमाविमा कक्षा १२ मा पढ्दै आएकी छिन् । कहिले ब्रेल पेपरको अभाव त कहिले ब्रेल पुस्तकको अभाव र कहिले अडियो पुस्तक को अभाव । यस्तै अभाव झेल्दा झेल्दै कक्षा १२ सम्म पुगेकी सिंह ले अव भने त्यस्तो अभाव को सामना गर्नुपर्ने छैन ।
कारण अब उनको हातमा विशेष प्रविधि भएको ट्याब्लेट प्राप्त भएको छ । कक्षा ९ सम्म पढ्दा दातृ निकायले उपलब्ध गराएको ब्रेल पुस्तकबाट अध्यन गरिकी उनी कक्षा ११ र १२ मा भने अडियो पुस्तकबाट अध्यायन गर्दै आएकी थिईन् । ति पुस्तका प्राप्त मात्रमा थिएनन् । अव उनलाई न त रेकर्ड गरिएका पुस्तक नै आवश्यक हुनेछन् न त कुनै ब्रेल पुस्तक नै ।
अपाङ्गता अधिकार र विकासका लागि कृयाशिल नेपाल नामक दृष्टिविहिनरुकै गैर सरकारी संस्थाले उनी जस्तै नेपालभर अध्ययन गरिरहेका १ सय जना दृष्टिविहिन विद्यार्थीहरुलाई विशेष प्रविधि जडान भएको ट्याब्लेट वितरण अभियान जारी राखेको छ । सोही अनससार बुटवलमा शनिवार