दोलखामा १४ दिनदेखि पहिरोमा पुरिएरका एक वृद्धको शव आज उत्खनन गरिएको छ ।
गत वैशाख २९ गतेको पराकम्पनपछि आएको पहिरोमा पुरिएका सुरी गाविस-२ का ७३ वर्षीय चेतबहादुर गुरुङको शव उत्खनन गरिएको हो । गाईबस्तु चराउन गएका गुरुङको शव सुरी गाविसको खहरे भिरबाट नेपाली सेनाको टोलीले उत्खनन गरेको चरीकोटस्थित बर्दबहादुर गणका सेनानी रोशन पन्तले जानकारी दिए ।
शव प्रहरीमार्फत परिवारलाई हस्तान्तरण गरेका छौँ- उनले भने। गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ । रासस