नेपाली देशभक्त युवा समाज दिल्ली एन.सी.आर (NCR) को कार्यक्रम सम्पन्न

बाबु रोका मगर 



दिल्ली, हरियाणा । “राष्ट्रिय स्वाधिनता समानता मातृभूमीको संरक्षण तथा सर्वांगीण बिकासका लागि युवा सहभागिता” भन्ने मूल नारा बोकेको गैर राजनीतिक संस्था “नेपाली देशभक्त युवा समाज” दिल्ली एन सी आर क्षेत्रीय परिवार को आयोजनामा भारतको राजधानी दिल्ली स्थित मुन्द्रिकामा गत बैशाख १२ गते नेपालमा गएको विनासकारी भुकम्पमा परि मृत्यु भएका प्रति शोक सभा को साथै घोषणा तथा सम्मान कार्यक्रम भब्य अनि सभ्य तरिकाले सम्पन्न गरेको छ। 

 



 

कार्यक्रममा प्रमुख अथिति संस्थाका संस्थापक तथा केन्द्रिय अध्यक्ष नारायण प्रसाद ढुंगाना को उपस्थिति रहेको थियो भने बिशेष अतिथिको लागि नेपाली राजदुतावास का प्रतिनिधि लाइ निमन्त्रणा गरिएको तर कुनै जरुरि बैठक भएको हुनाले उहाँहरुको उपस्थिति हुन नसकेको जानकारी श्री कृष्ण प्रसाद ढकाल ज्युले संस्थाका सचिव बाबुराम बन्जाडे ज्यु लाइ खबर गर्नु भएको थियो भने नेपाली देशभक्त युवा समाज का प्रतिनिधिहरु (अन्तराष्ट्रिय) क्षेत्र मलेसिया बाट सागर खड्का राष्ट्र प्रेमी जयपुर बाट सन्तोष बिक यमुनानगर हरियाणा बाट जनक बिक लगायत अन्य देशभक्त युवाहरु उपस्थिति रहेको थियो ।

 



 

यसै गरि विभिन्न राजनीतिक र अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहको थियो। जस मध्ये निर्देशक तथा नायक कलाकार रिमेस अधिकारि, पदम गाहा नेपाल वान बाट रेबन गुरुंग नेपाल आवाज साप्ताहिक पत्रिका बाट देवेन्द्र कुँवर, लोकेश शाह र गोबिन्द पोख्रेल नेपाली सांस्कृतिक परिवार का प्रतिनिधि मोहन सिंह थापा, राजेश कोइराला लगायत अन्य संस्था का प्रतिनिधि खुम गुरुङ, बन्दना राइ, महेन्द्र केसी, देवेन्द्र केसी,गोपाल भारद्दाज स्याङ्गजाली समाजसेवा बाट रामचन्द्र ढुंगाना, दिलिप पौडेल, लगायत अन्य  महिला समाजसेवीहरु को उपस्थिति रहेको थियो।

 



 

कार्यक्रम सफल बनाउन को निमित्त समजाज सेवी तथा नेपाल अवाजका अध्यक्ष देवेन्द्र कुँवर, सुपा देउराली टुर एण्ड ट्रावल्स, बुद्द एडवेन्चर टुर एण्ड ट्रावल्स, मोर्डन इरा टुर एण्ड ट्रावल्स को बिशेष सहयोग रहेको थियो ।

 



 

कार्यक्रमको प्रारम्भ आसान ग्रहण, मान सम्मान, सहिदहरुको सम्झना मा एक मिनेटको मौन धारणा अनि नेपाली  राष्ट्रिय गित बाट सुरु गरिएको थियो यसै क्रममा  ज्येष्ठ नागरिक को रुपमा समाजसेवी हेम बहादुर गुरुंग लाइ फुल माला र खादा ओढाएर सम्मान गरिएको थियो भने भुकम्प पिडितहरुलाई सहयोग गर्नु हुने विभिन्न संघ संस्थाका समाजसेवी हरुलाई पनि खादा ओढाई सम्मान गरिएको थियो ।

 



 

स्वागत मन्तब्य संस्थाका सदस्य बोम बहादुर थापा (अर्जुन) ज्यु ले गर्नु भएको थियो यसै क्रममा संस्थापक नारायण प्रसाद दुंगाना, रबि रोदन खड्का, नन्दु घिमिरे, दिपेन्द्र बिष्ट, सागर खड्का राष्ट्र प्रेमी, जनक बिक, प्रकृति राज आँसु पत्रकार गोबिन्द पोख्रेल लगायत अन्य देशप्रेमी तथा समाजसेवीहरुले आ -आफ्ना मन्तब्य तथा गजलहरु प्रस्तुत गर्नु भएको थियो ।

 



 

उक्त कार्यक्रममा नेपाली देशभक्त युवा समाज दिल्ली एन.सी.आर का प्रतिनिधिहरु बाबु रोका मगर, नन्दु प्रसाद घिमिरे, अमर सिंह धामी, गणेश बिक, बाबुराम बन्जाडे, बिष्णु बेल्वासे, हरि रोका मगर, बोम बहादुर थापा(अर्जुन), पुरन धामी को अथाह मेहेनत संयोजक्तो मा कार्यक्रम शान्त अनि अनुशासन पुर्वक सम्पन्न गरिएको थियो। कार्यक्रम मा सभापति बाबु रोका मगर रहेका थिए भने संचालन संस्थाका सचिव बाबुराम बन्जाडे ज्युले गर्नु भएको थियो । 

 

तस्बिरहरु: बाबु रोका मगर, अर्घाखाँचीडट्कम