काठमाडौ – नयाँ बानेश्वरस्थित पाँचतारे होटल द एभरेष्ट होटल ले रातो स्टीकर पाएको छ । महाभूकम्पपछि होटलहरुको भौतिक अवस्था तथा अकुपेन्सी र कामदारहरुको अवस्थाबारे अध्ययन गरिरहेको ७ जना सरोकारवालाहरुको टोलीले मंगलबार एभरेष्ट होटलमा खतराको संकेत गर्ने रातो स्टिकर दिएको हो । हाेटलमा अहिले १५ जना विदेशी पर्यटक रहेकाे कर्मचारीहरुले बताएका छन् ।