भूकम्प प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हेटौडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडले ३२ लाख ३१ हजार ३३३ रुपियाँ चेक मार्फत आजै जम्ममा गरी सहयोग गरेका छन् ।
महा-भूकम्पका कारण ठूलो धनजनको क्षती भएको दुखद घडीमा ज्यान गुमाउने नागरिकहरु प्रति हार्दिक श्रद्धान्जली तथा घाईते तथा अङ्ग भङ्ग भएकाहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हेटौडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडले उक्त रकमको सहयोग गरेका हुन् ।
यसरी चेक मार्फत हेटौडा सिमेन्ट उद्योग लिमिटेडले १५ लाख ५६ हजार ६२० रुपियाँ र उदयपुर सिमेन्ट उद्योग लिमिटेडले १६ लाख ७४ हजार ७१३ रुपियाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।