मलेसियाबाट काठमाडौं आउँदै गरेको एक यात्रुको आकाशमै मृत्यु भएको छ। एयर एसियाको उडानको ३५ नम्बर सिटमा रहेका प्युठान राम्दी-१ का ३७ वर्षीय गोविन्दबहादुर रोकामगरको मृत्यु भएको हो।
मलेसियाको क्वालालाम्पुरबाट जहाज चढेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा मृत अवस्थामा भेटिएको विमानस्थल प्रहरीले जनाएको छ।
उनको शव काठमाडौं मेडिकल कलेज सिनामंगलमा राखिएको छ। सेतोपाटीमा समाचार छ ।