भारतमा हत्या भएका मृतक श्रमिक परिवारलाई क्षतिपूर्ति र हत्याराहरुलाई गिराप्तार

बाबु रोका मगर 
दिल्ली हरियाणा  । हरियाणाको फरिदावाद शहरस्थित जव्वल इन्ड्रस्ट्रियल एरियामा मृत भेटिएका दुइ नेपाली श्रमिकका परिवारलाई सम्बन्धीत कम्पनीले ५ लाख भारु तत्कालको क्षतीपुर्ती दिएको छ ।
घटना १९ मइ २०१५ मा भएको चार दिनदेखि बेपत्ता भएका तनहु भानु गाविस-७ का ४५ बर्षिय मिलन ढकाल र उनीकहा भेटघाटमा आएका ३३ बर्षिय अर्जुन ढकालको शव इन्डस्ट्रियल एरिया सेक्टर-२४ को फ्ल्याट, २० मा गत बुधबार भेटिएको थियो । अखिल भारत नेपाली एकता मञ्चका प्रतिनिधि आरबी खड्काका अनुसार फ्ल्याट आसपासमा बस्नेले प्रहरीमा खबर गरेपछि मंगलबार राती मात्रै शव झिकेर तत्काल स्थानीय बीके सिभिल अस्पताल र पछि रोहतक अस्पतालमा पोष्टमार्टमका लागि लगिएको थियो ।
हत्यारा अभियुक्त तिनै जना भारतीय नागरिक रहेका छन् जस मध्य मुख्य योजनाकार कृपा शंकर र अन्य दुइ जना उसका साथि अनुराग र राकेश लाइ हरियाणा पुलिसले नोएडा न्यू अशोक नगर बाट पक्राउ गरेको छ | हत्याराले मृतक मिलनको नोकरी हडप्नको निम्ति खास योजना बनाएको र दुइजना साथि हरुलाई हत्या गरे बापत धेरै धनमाल मिल्ने प्रलोभन देखाएर भाडामा लिएको जानकरी आर बि खड्काले मिडियालाई बताउनु भयो | 
पोष्टमार्टम रिपोर्टमा मिलन र अर्जुनको टाउको, मुख तथा पेटमा धारिलो हतियार तथा रडले प्रहार गर्दै बिभत्स रुपमा मारिएको विवरण उल्लेखित छ । श्रमिक नेपालीको शंकाश्पद मृत्युमा अनुसन्धान तथा कारवाहीमा तदारुकता ल्याउन फरिदाबादमा सयौंको संख्यामा नेपाली सर्वसाधारण भेला भएका थिए । खड्काका अनुसार चौकिदारी काममा १५ बर्षदेखि संलग्न रहेका मिलनका लागि कम्पनीले ४ लाख भारु र उनीकहा भेटघाटमा आएका अर्का श्रमिक अर्जुनको परिवारलाई १ लाख भारु क्षतीपुर्ती रकम दिइएको छ । यसबाहेक, ५० हजार रुपैंया काजक्रिया खर्चका रुपमा दिइएको छ । मृतकका आफन्त परिवार तनहु गाँउबाट आएपछि बिहिबार अपरान्ह ढकालद्धयको दिल्लीमैं अन्तिम संस्कार गरिएको छ ।
मृतकमध्ये कम्पनीका चौकिदार मिलनका छोरा १८ बर्ष उमेरका भएपछि मासिक १५ हजार तलब दिने गरी यही कम्पनीमा काम दिइने भएको छ । मृतक नेपालीको अनुसन्धान तदारुकता तथा क्षतीपुर्ती दिलाउने प्रकृयामा अग्रसर रहेका खड्का र प्रवासी नेपाली संघकी प्रतिनिधि सिता अधिकारी लगायत मृतकका परिवार आफन्तजन हरुले हत्याराहरुलाई फाँसी को सजाय हुनु पर्ने माग गर्दै जोड दिनु भएको छ |   
घटना लाइ मध्यनजर राख्दै पिडितहरुलाई क्षेतीपूर्ति तथा हत्याराहरुलाई पक्राउ गर्नको निम्ति बिशेष सहयोग नेपाली राजदुतावास (दिल्ली), पत्रकार मित्रहरु र हरियाणा पुलिस को ठुलो भूमिका रहेको बताउदै आर बि खड्काले उँहाहरु सबैलाई हार्दिक धन्यवाद ज्ञापन  गर्नु भएको छ |