उमाकान्त पाण्डे (यूएई डेस्क ) , जेठ १४ – खाडी मुलुक बहराइनमा कार्यरत नेपालीहरुले भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेका छन । बहराइनमा कार्यरत नेपालीहरुले जम्मा गरेको ११ लाख ३८ हजार ८ सय ५४ नेपाली रुपैया सकंलन गरेर नेपाल पठाएका छन ।
बहराइनमा कार्यरत नेपालीहरुले ‘नेपालीका लागि नेपाली’अभियान मार्फत जम्मा गरेको सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको अभियानका सचिव अर्घाखाँचीका युवराज केसीले अर्घाखाँची डट्कम् लाई जानकारी दिनुभयो । संकलित रकम दुईचरणमा गरी जम्मा गरिएको थियो । पहिलो चरणमा तिलक सापकोटाले आफु कार्यरत कम्पनीमा रहेका नेपाली तथा अन्य देशका नागरिक बाट संकलन गरेको २ लाख २७ हजार नेपाली रुपैया पहिले नै अभियानलाई बुझाएर नेपाल पठाइएको थियो ।
अभियान मार्फत स्वईच्छाले सहयोग गर्न चाहनेलाई दुतावास मार्फत स्विकृत गरिएको रशिद कटाएर रकम सकंलन गरिएको थियो । त्यसरी रशिद काटेर सकंलित रकम एक कार्यक्रमका बीच सार्वजनिक गर्दै अभियानले रकम कोषमा जम्मा गरेको अभियानका सम्योजक यादव देवकोटाले बताउनु भयो । देवकोटाका अनुसार सकंलन गरिएको रकम दुतावासको रोहबरमा सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा बहराइनका लागि कार्यबाहक नेपाली राजदुत मणिप्रसाद भट्टराई, दुतावासका त्रीतिय सचिव ओम भन्डारी, समाजसेवीहरु गोम गुरुङ, एनआरएन आइसीसी सदस्य झमक प्रसाद सापकोटा लगायत बहराइनमा रहेका नेपाली संघसस्थाका प्रतिनिधिको उपस्थिती थियो ।
नेपालमा गएको भूकम्प पीडितलाई अन्य देशको तुलनामा खाडीका मुलुकमा रहेका नेपालीले धेरै सहयोग जुटाई रहेका छन । खाडीमुलुक संयुत्त अरब एमिरेट्स यूएई , साउदी अरब , कतार , बहराइन , ओमन , र कुवेतमा रहेका नेपाली सकृय भएर आपतमा परेको नेपाललाई सक्दो राहत सकंलनका लागि जुटेका हुन ।
ती देशमा रहेका नेपालीहरु कतिपय ब्यात्तिगत रुपमै पैसा जम्मा गरेर सम्बन्धित क्षेत्रमा सहयोग गरेका छन भने धेरै जसो नेपालीहरु गाउ,जिल्ला र अञ्चल स्तरिय संघसस्थामा संगठित भएर रकम संकलन गरिरहेका छन ।
यूएईमा रहेका धेरै जसो संघसस्थाले मिलेर सम्युत्त रुपमा आर्थिक तथा जीन्सी सामग्री नेपाल पठाइ सकेका छन । बहराइनमा रहेका नेपालीले मिलेर नेपाल पुन:निर्माणका लागि ६ महिने अभियान सन्चालन गर्ने तयारी गरेको बहराइनमा कार्यरत कर्ण थापाले जानकारी दिनुभयो ।