बहुप्रतिक्षित दाङको टरिगाउँ विमानस्थल सञ्चालनमा

दाङ । बहुप्रतिक्षित दाङको टरिगाउँ विमानस्थल बिहीबारदेखि नियमित सञ्चालनमा आएको छ । दाङ विमानस्थलमा केही बेरमा गोमा एयरको लेट एयरक्राफ्ट अवतरण गर्दै छ ।
काठमाडौंबाट जहाज विहान ११ बजेतिर दाङतर्फ प्रस्थान गरेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले अनलाइनखबरसँग बताए । उनका अनुसार जहाजले सुर्खेतमा यात्रु झारेर दाङतर्फ प्रस्थान गर्नेछ । काठमाडौंबाट उडेको करिव डेढ घण्टामा जहाज दाङ पुग्ने छ ।
जहाज फर्किदा भने दाङबाट सिधै काठमाडौं आउने कार्कीले जानकारी दिए ।